
बुटवल । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ ।
यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । पार्टीले आचार्यलाई मुख्यमन्त्रि पदमा अघि सारेकोले बताए । उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’
गिरी दलको नेता कायम रहने र उपनेता मुख्यमन्त्री बन्ने केन्द्रले निर्णय गरेको हो । मुख्यमन्त्री बन्न लागेका आचार्य महासचिव शंकर पोखरेलनिकट हुन् । गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् ।




