
काठमाडौ । वरिष्ठ आख्यानकार रमेश विकलका तीन महाग्रन्थ प्रकाशित भएका छन् ।
विकलका समग्र कथा,उपन्यास र नाटक गरी अलग अलग तीनवटा खण्डमा रमेश विकल समग्र ग्रन्थ प्रकाशित भएको हो ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानले यो कार्य सम्पन्न गरेको हो । उक्त प्रतिष्ठानले प्रेस विज्ञप्ती मार्फत आजसम्म प्रकाशनमा नआएका फुटकर ३३ वटा कथाहरु समेत समावेश गरी झण्डै डेढसय कथाहरु समावेश भएको १३९२ पेजको कथासंग्रह,सूनौली,अविरल बग्दछ इन्द्रावती,सागर उर्लन्छ सगरमाथा छुनलाई समावेश गरी ९४४ पेजको उपन्यास खण्ड,अप्रकाशित फुटकर नाटकहरु सहित नौवटा प्रकाशित नाटकसंग्रह समावेश गरी ६०८ पेजको नाटक खण्ड प्रकाशित भएको छ ।
यो प्रकाशनले विकलका नयाँ संस्करणहरु उपलब्ध नहुँदा विद्यार्थी,शोधार्थी र पाठकहरुमा असहजता बढेकोले यो कार्य अत्यन्तै महत्वपूर्ण भएको बताइएको छ । यी समग्र खण्डको सम्पादनमा वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले महत्वपूर्ण योगदान गरेका हुन् ।




