नयाँ दिल्ली । भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी ६ हजार मतान्तरले पछि परेका छन् । वाराणसीबाट चुनाव लडेगा उनलाई काँग्रेसका उम्मेदवार अजय रायले पछि पारेका हुन् ।
मोदी पछि परे पनि उनको नेतृत्वको भाजपा सहितको गठबन्धन एनडीएले भने २७४ स्थानमा अग्रता कायम गरेको छ ।
विपक्षी काँग्रेस नेतृत्वको गठबन्धन आईएनडिआईएले भने १८८ सीटमा अग्रता कायम गरेको छ । सात चरणमा सम्पन्न मतदानको आज मतपरिणाम आउँदैछ ।