बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशनबाट अध्यक्ष प्रताप बैद्य सहित उनको समूहका पाँच पदाधिकारी ,५ खुल्ला कार्यसमिति सदस्यर निर्विरोध २ जना समेत गरी १२ जना निर्वाचित भएका छन् ।
त्यस्तै राजन मानन्धर समूहबाट बरिष्ठ उपाध्यक्षमा रबीन्द्र बैदार सहित ६ पदाधिकारी ,५ जना खुल्ला कार्यसमिति सदस्य र ४ जना निर्विरोध गरी १५ जना निर्वाचित भएका छन् । २७ पदमा भएको निर्वाचन वैद्य समूहबाट १२ र मानन्धर समूहबाट १५ जना निर्वाचित भएका छन् ।
निर्वाचनमा १ हजार २ सय ५१ मतदातामध्ये १ सय ३१ अनुपस्थित थिए ।
निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद खनालका अनुसार २७ पदका लागि ४९ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ पदमा निर्विरोध भएको थियो । यस निर्वाचनमा अध्यक्ष प्रताप बैद्य,वरिष्ठ उपाध्यक्ष रबीन्द्र बैदार,उपाध्यक्ष उमेश रत्न शाक्य,सुरेश भोक्षिभोया,महासचिव रंजित पलान्चोके,कोपाध्यक्ष मानकाजी प्रधान ,कृष्णलाल श्रेष्ठ,सहकोषाध्यक्ष श्यामकुमार भालु,मुनाल,मुख्य संयोजक विज्ञान धौगोडा,सह मुख्य संयोजक रवि तौजले,सह सचिव रामकुमार श्रेष्ठ लगायत निर्वाचित भएका छन् ।