एजेन्सी,
काठमाडौं ।
भारतीय लोकसभाको चुनाव सम्पन्न भएको छ । सात चरणसम्म चलेको चुनाव अन्तर्गत आज अन्तिम चरणको चुनाव सम्पन्न भएको हो ।
गत अप्रिल १९ मा शुरु भएको उक्त चुनाव क्रमशः अप्रिल २६,मे ७ ,१३,२० र २५ मे मा सम्पन्न भएको थियो ।
भारतीय राष्ट्रिय काँग्रेसका सभापति मल्लिक अर्जुन खर्गेले विपक्षी गठबन्धनले २९५ सीट जित्ने दावी गरेका छन् । उनले विपक्षी दलका नेताहरुको उपस्थितिमा उक्त दावी गरेका हुन् ।
भारतीय लोकसभामा जम्मा ५४३ सीट छ । सामान्य बहुमतको लागि २७२ सीटको जरुरी छ ।