धुलिखेल,काभ्रे।काभ्रेको रोशी खोलामा फसेका सवारीसाधन तथा यात्रुको उद्धार गरिएको छ ।
सोमबार आएको वर्षाले नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा र रोशी गाउँपालिका–७, चारसय बेसीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई चारवटा हाइस खोलामा फसेको थियो । फसेकाहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यको लागि खटिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग सडकखण्डमा रोशी गाउँपालिका–७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेको १६० सवारीसाधन रोकेर राखिएको सशस्त्रका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।