
काठमाडौं । तीन दिनदेखि बागमती प्रदेशका सवारी कार्यालयहरूको सेवा ठप्प भएको छ ।
गत बुधबार र बिहीबार सर्भर डाउन भएको भन्दै केही सेवा प्रभावित भएको थियो । सर्भर डाउन भन्दै शुक्रबार, आइतबार र सोमबार भने सेवा ठप्प नै भएको छ ।
सवारी कार्यालय स्रोतका अनुसारराष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको बीपी–भीआरएसको प्रणालीमा समस्या देखिएपछि अनलाइन प्रणाली अवरुद्ध भएको हो ।
आज दिउसो ३ बजेदेखि प्रणाली सञ्चालन भए पनि सुस्त चलेकोले सेवाग्राहीहरुमा मर्का परेको बताइएको छ ।







