सिन्धुलियन गुराँस
आमा सम्झन्छु दुख्छु,देश सम्झन्छु दुख्छु
प्रवासमा फुलेका ,केश सम्झन्छु दुख्छु ।
हिड्ने बखत ए छोरा!गाउँ छाडी निर्जन खाँडी ?
बुबा भक्कानिएको, निमेष सम्झन्छु दुख्छु ।
खनेर खोरिया उब्जाउछन, कोदो जौँ मुरिकामुरी
जाँडका लागि तड्पिने,परिवेश सम्झन्छु दुख्छु।
हिउँदमा जम्ने हिमाल,पहिरोमा बग्ने पहाड
सितलहरले कक्रने मधेस सम्झन्छु दुख्छु ।
कहिले जाति धर्म,शासन सत्ता बाँड्फाड
निकृष्ट राजनीतिक ,क्लेश सम्झिन्छु दुख्छु ।
आमा सम्झन्छु दुख्छु,देश सम्झन्छु दुख्छु
प्रवासमा फुलेका ,केश सम्झन्छु दुख्छु ।