एजेन्सी । अफगानिस्तानको पूर्वी नंगहार प्रान्तमा शनिबार नदी तर्ने क्रममा डुँगा डुब्दा २० जनाको मृत्यू भएको सोही प्रान्तका अधिकारीहरुले जनाएका छन् ।
यससँगै उद्दार तथा राहत र मेडिकल टोलीको समेत परिचालन गरिएको जनाइएको छ । दुर्घटनामा परी ५ जना भने बाँचेका छन् भने दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भैरहेको छ ।