
काठमाडौं । सरकारले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार यो आयोगलाई ३० दिनको समयावधी दिइएको छ ।



