
काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।
आज शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।



