accident
सुर्खेत। दैलेखमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा जिप चालक कालीकोटको शुभकालिका–५ का ३५ वर्षीय कलबहादुर रोकाय र ९ वर्षीय मित्र सुनार र शुभकालीका–६ का ६० वर्षीया पुल्तिसरा बिक रहेका छन् ।
सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप०१००१ च ४९६४ नम्बरको जिप दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा दुर्घटना भएको थियो ।
सोमबार दिउँसो भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो । तर अस्पतालमा उनीहरूलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी विकले जानकारी दिए ।
शुभकालिका– ४ की ४५ वर्षीया नैन सुनार र वडा नम्बर–६, का २७ वर्षीय सुमत बिकलाई थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अन्य घाइते तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।


