काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको पनि आज २३ बर्ष पुरा भएको छ । उतिबेलाका राजा वीरेन्द्रको सम्पूर्ण परिवारकै निधन भएको थियो ।
२०५८ जेठ १९ गते साँझ राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रका् बंशनाश भएको थियो । तत्कालिन युवराज दीपेन्द्रले राजा वीरेन्द्र ,रानी ऐश्वर्य,राजकुमार निराजन,राजकुमारी श्रुती सहितको हत्या गरेको भनि तत्कालिन छानविन प्रतिवेदन सार्वजनिक गरिएको थियो । दीपेन्द्रले आफ्ना सबै परिवारका सदस्यहरुलाई गोली हानी पछि आफैंलाई गोली हानेको भनि समितिको प्रतिवेदनमा उल्लेख गरीएपनि त्यसको आमजनमानसमा अविश्वास कायमै छ । उच्च सुरक्षाघेरामा रहेका राजदरबारमा भएको त्यो ठूलो बंशविनासले अहिले पनि सबैलाई ससंकित बनाएको छ ।