काठमाडौं ।
नेपालको स्थानीय तथा पश्चिमी वायुको आँशिक प्रभावसँगै भारतको बिहारको आसपास रहेको न्यून चापीय प्रणालीको पनि आँशिक प्रभाव परेको छ ।
यसै कारणले कोशी,मधेश र बागमती प्रदेशहरुमा आज सामान्य बदली रही बाँकी स्थानहरुमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीका एकदुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षा भइरहेकोछ ।
आज दिउसो कोशी,मधेश,बागमती र गण्डकी प्रदेश लगायत नेपालका पहाडी भूभागहरुमा आँशिकदेखि साधारतया बदली रही बाँकी भूभागमा आँशिक बदली हुने जनाइएको छ । उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हिमपातको समेत सम्भावना छ ।
राती कोशी,मधेश,बागमती, र गण्डकी प्रदेशमा आँशिक बदलीदेखि बाँकी भूभागमा समेत आँशिक बदलीदेखि मौसमा मुख्यतया सफा रहनेछ । विभागका अनुसार कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्यांगसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको छ ।