
हेटौडा । बागमती प्रदेशमा काँग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँड विवादले रोकिएको सरकार गठन भागबण्डा मिलेसँगै मुख्यमन्त्री नियुक्तिको तयारी भएको छ ।
१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाले आज दाबी पेश गर्ने र प्रदेश प्रमुखले आजै नियुक्त गर्ने तयारी छ ।
१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको उनले बताए ।






