सर्लाही । सर्लाहीको बागमती नगरपालिका ,रायमाझी चोकमा रोकी राखेको लरीमा यात्रुबाहक बस ठोक्किदा ३ जनाको मृत्यू भएको छ ।
आज बिहान भएको सो दुर्घटनामा रुपन्देही मायादेवी गाउँपालिका निवासी ८५ बर्षका दशरथ कोहार ,हरिबहादुर चौधरी र ५० बर्षका रामकरण केवटको मृत्यू भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते भएका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले बताए ।