
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।फागुन १९ गते दिउसो तीन बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुरु हुनेछ।






