
काठमाडौँ, मङ्सिर २६ गते । वेस्ट इन्डिजका विश्वप्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न नेपाल आउनुहुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले महान क्रिकेटर लारा एनपिएल हेर्न नेपाल आउन लागेको जानकारी दिएको हो । तर क्यानले लारा नेपाल आउने समय भने खुलाएको छैन । लारा एक टेस्टमा चार सय रन प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुनुहुन्छ ।







