काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेपाल मण्डलमा म्हः पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हःपूजा मनाउने गर्दछन् । मानिसको देह नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले शरिर पूजा गर्ने परम्परा रहेको छ ।
यही शास्त्रीय मान्यता र आधारमा म्हः पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेपाल मण्डलका काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारा लगायत स्थानमा मनाउने गरिएको छ ।