१५दिनभित्र अस्पतालहरुमा औषधी पसल सञ्चालन गर्न काठमाडौ महानगरको निर्देशन
काठमाडौ । काठमाडौ महानगरपालिकाले आफनो महानगरभित्रका सबै अस्पतालहरुमा १५ दिन भित्र आफ्नै औषधी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।
बुधवार एक सूचना प्रकाशित गर्दै जुन अस्पतालको आफ्नै औषधी पसल छैन त्यस्तो अस्पतालमा आफ्नै स्वामित्वमा औषधी पसल सञ्चालन गर्न भनिएको छ ।