काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर र अल हिलाल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल नासर र अल हिलाल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
यस खेलमा खेलको ३७औं मिनेटमा मोहमद सिमाकनको गोलमा ल नासरले अग्रता लिएको भएपनि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा अल नासरकै बेन्टोको आत्मघाती गोलमा अल हिलालले बराबरी गोल गर्दै अल नासरलाई उपाधि जित्नबाट एक खेलका लागि रोकेको थियो ।
यो बराबरीपछि अल नासरको ३३ खेलमा ८३ अंक भएको छ र शिर्ष स्थानमा छ भने अल हिलालले ३२ खेलमा ७८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
अब लिग उपाधिको निर्णय भने अल नासरको अन्तिम खेलबाट मात्र हुने हुने भएको छ । अल नासरले अब मे २१ मा अन्तिम खेल अल दामकसँग खेल्ने तालिका रहेको छ । त्यस्तै त्यसअघि अल हिललले मे १६ मा अल नेओमसँग खेल्ने खेलमा हार बेहोरेमा पनि अल नासरले उपाधि जित्ने छ ।