काठमाडौँ। नेपालका स्टार स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमाननजिक पुगेका छन् ।
अब एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पाँच खेलमा तीन विकेट हात पार्न सके सन्दीप सबैभन्दा कम खेलमा १५० विकेट लिने नयाँ कीर्तिमान कायम गर्ने छन् ।
हाल यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा छ । स्टार्कले ७७ खेलमा यो कीर्तिमान बनाएका थिए ।
सन्दीपले ७१ खेलमा १४७ विकेट बनाएका छन् । अब तीन विकेट लिए उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट बलर बन्नेछन् ।