काठमाडौ । साफ यू -२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई हराउँदै समूह विजेता बन्यो ।
समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २- १ ले पराजित गरेको हो ।
नेपालका लागि समिर तामाँग र निराजन धामीले १/१ गोल गरे ।
बंगलादेशले पहिलो हापमै पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरी बनाएको थियो । तर नेपालले फेरी गोल फर्काएपछि नेपाल विजयी भएको हो ।
दोस्रो हापमा नेपालले मिडफिल्डमा नियन्त्रण गरेर खेलेको थियो ।