
काठमाडौं । काठमाडौँ जिल्लाव्यापी वृहत खेलकुद कार्यक्रम सुरु भएको छ । लैनचौर ग्राउण्डमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दीप प्रज्वलन गरेर तथा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पुर्व टेबलटेनिसखेलाडी सन्ध्या शाक्यलाई ओलम्पिक टर्च प्रदान गरेर प्रतियोगिता शुभारम्भ गर्नुभएको हो ।
महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको प्रतियोगितामा महानगरपालिकाका वडाहरुसँगै जिल्लाका करिब १ हजार खेलाडीले विभिन्न ५ वटा विधामा प्रतिस्पर्धा गर्दैछन् ।
सो अवसरमा आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी सयोजक वडासदस्य प्रबेश श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।






