
काठमाडौं ।तनावपूर्ण बनेको नेपाल सुपर लिग खेलमा साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग २०२५ मा पहिलो जित हात पारेको छ ।
विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन सहयोगमा ललितपुरले बुधबार पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल दोस्रो हाफमा तनावपूर्ण बनेको थियो ।
११औँ मिनेटमा ललितपुरका जोनाथन जोरिल्लाले टोलीलाई अग्रता दिलाए । ४२औँ मिनेटमा मार्की समीर तामाङको गोलमा पोखरा खेलमा फर्कियो ।७५औँ मिनेटमा जोनाथनले नै ललितपुरको अग्रतालाई ३–१ कोप्रतियोगितामा ललितपुरको यो पहिलो जित हो ।
ललितपुरले यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग २–२ को बराबरी खेलेको थियो । यता, पोखराको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । पोखरा यसअघि पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो ।







