काठमाडौ। जारी यूरोकप अन्तर्गत जर्मनमा शनिबारको प्रतिष्पर्धामा बेल्जियमले दोश्रो खेलमा पहिलो जीत निकालेको छ ।
बेल्जियमले रोमानियालाई दुईशुन्य गोलले पराजित गरेको हो । खेलको दोश्रो मिनेटमै योउरी टिलेम्यान्सको गोलमा बेल्जियमले अग्रता पाएकोमा,फेरी खेलको सन्ताउन्नौं मिनेटमा कप्तान केभिन डे ब्रुयनले गोल थपेसँगै बेल्जियमको जीत निश्चित गराए।
यो जीतसँगै बेल्जियमले ३ अंक बटुलेको छ । अन्य सबैको समूह ई मा समान अंक भएकोले सबैको सम्भावना उत्तिकै छ ।