काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा बिहीबार साँझ भएको समूह सी को खेल सर्विया र स्लोभेनियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
सुरुवाती अग्रता लिँदै युरोमा पहिलो जित नजिक पुगेको स्लोभेनिया इन्जुरी टाइममा गोल खाँदा जितबाट बञ्चित भयो । सर्वियाले इन्जुरी टाइममा गोल फर्काउँदै हार टारेको हो ।
लुका जोभिकले ९५औं मिनेटमा गोल गर्दै सर्वियाको हार टारेका थिए । त्यसअघि जान कार्निनिकले ६९औं मिनेटमा गोल गर्दै स्लोभियालाई पहिले अग्रता दिलाएका थिए । तर स्लोभेनियाले त्यो अग्रतालाई अन्त्यसम्म कायम राख्न सकेन ।
बराबरीपछि दुवै टोलीले समूह सीमा एक-एक अंक जोडेका छन् । स्लोभेनिया यो लगातार दोस्रो बराबरी हो । स्लोभेनियाले पहिलो खेलमा डेनमार्कसँग १-१ को बराबरी खेलेको थियो । सर्विया भने पहिलो खेलमा इंग्ल्याण्डसँग १-० ले पराजित भएको थियो /