काठमाडौ । यूरोकप २०२४ मा स्वीट्जरल्याण्डले हंगेरीलाई हराएर विजयी सुरुवात गरेको छ ।
समूह ए अन्तर्गत भएको खेलमा स्वीट्जरल्याण्डले ३ – १ गोलले विजयी बनेको हो ।
खेलको १२ औं मिनेटमा क्वाडवोलृ स्वीस टिमलाई गोल गरेर अग्रता दिलाएका थिए । पहिलो हापको अन्त्यतिर मिकेलले पुन गोल थपेर अग्रता दोब्बर गरे ।
उता दोस्रो हापमा बर्नबासले हंगेरीको लागि एक गोल गरेर अग्रता घटाएका थिए । तर पुनःइन्जुरी समयमा ब्रिल इमोबोलोले गोल थपेर स्वीट्जरल्याण्डलाई जिताए ।