विराटनगर । विराटनगरमा जारी ९औं संस्करणको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोली त्रिभूवन आर्मी क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रिजालको मोरङ ११ लाई १-० ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।
विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीको जितमा निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७औं मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।बुधबार भएको रात्रिकालीन खेलमा मोरङले थुप्रै अवसर पाए पनि गोल गर्न सकेन ।