पनौती,काभ्रे।पनौती नगरपालिका वडा नम्वर १, २ र ३ साविक रयाले र कुशादेवीको आयोजनामा आगामी पौष ४ देखि ६ गतेसम्म प्रथम काभ्रे जिल्लाब्यापी तेक्वान्दो प्रतियोगिता २०८२ शुरु भएको छ ।
कुशादेवी तेक्वान्दो डोजाङ्गको सह–आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १७ मध्ये १४ डोजाङ्गका करिव ४ सय खेलाडी सहभागि भएका छन् ।
प्रतियोगिताको उद्घाटन उप–प्रमुख गिता बञ्जाराले गरेकी थिईन् । वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारी, वडा नम्वर ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटा, पुर्व नगर प्रमुख भिम न्यौपाने, तेक्वान्दो महासंघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी लगायतका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको वडा नं.२ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

प्रमुख अतिथी बञ्जाराले खेलको प्रतियोगिताको उद्घाटन गर्दै खेल र खेलाडी उत्पादन, खेल क्षेत्रको मनोबल उकास्न र खेलाडीहरुलाई ब्यवसायिक रुपमा सक्षम बनाउन स्थानीय स्तरमा प्रशिक्षण केन्द्रहरु तयार गर्नुपर्ने बताईन् ।
कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिताका लागि तयारी गरिएको बताए । वडा स्तरीय बजेट र विभिन्न संघ संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
कुशादेवी डोजाङका अध्यक्ष एवं तेक्वान्दो संघ काभ्रेका अध्यक्ष केशव थापाले २० वटा इभेन्टमा प्रतिस्पर्धा भएको बताए । गेरोगी र कूम्से विद्यामा महिला तर्फ २० केजी ५८ केजीसम्म र पुरुष तर्फ २२ केजी ६० केजी तौल समुहका बीच प्रतिस्पर्धा भएको थियो ।