
काठमाडौं।लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गए राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
मृत्यू हुनेमा जिपका चालक दोलखा मेलुङ-४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए।
जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।




