महेन्द्रनगर ।कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका– २ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुरको बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनमा घाइते भएका उनलाई उपचारका लागि वाणी अस्पतालमा पुगाइएको थियो । उपचारकै क्रममा बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।