नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आजै माओवादीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन्।