
कुस्मा ।भारी वर्षासँगै पर्वतमा पहिरो खस्दा एउटा घर पुरिएको छ । घरभित्र रहेका दुईजना पहिरोमा पुरिएका छन् । मोदी गाउँपालिका–३, लाङदीका छविलाल विकको घर पहिरोमा पुरिएको पर्वत प्रहरीले जनाएको छ ।
स्थानीय र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । ७६ वर्षीय छविलालको शव भेटिएको छ ।
श्रीमती विष्णुमती बेपत्ता रहेको प्रहरीले जनाएको छ।
पहिरोमा दुईजना पुरिएको जानकारी प्राप्त भएको पर्वत प्रहरी प्रमुख एवं डीएसपी रविन विष्टले बताए ।
उद्धारका निम्ति प्रहरी खटिए पनि ठाउँठाउँमा सडक अवरुद्ध, बाढी र पहिरोका कारण घटनास्थलमा पुग्न ढिलाइ भएको थियो ।







