
मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।
कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको
कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशीप्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरुमा राति पनि हावाहुरी आउन सक्ने छ।








