
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबार बस्दैछ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिवालयको बैठक बस्न लागेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बस्ने बैठकमा पोलिटब्युरो बैठकबाट आएका सुझाव समेटेर वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने तयारी छ।
एमालेको भदौ १८ र १९ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा तेस्रो पोलिटब्युरो बैठक बसेको थियो। बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्तिका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा ५१ जना सदस्यहरूले राखेका आ आफ्ना धारणाहरु र सुझावहरुलाई समेटेर कार्ययोजनालाई पूर्णता दिने जिम्मा सचिवालयलाई दिएको थियो।
एमालेको संगठीत सदस्य सँख्या १० लाख पुरर्याउने रणनीति रहेको बताइएको छ ।






