
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
यही भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
यसअघि बसेको पोलिटब्युरो बैठक महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने जिम्मा सचिवालय बैठकलाई दिएको थियो।यहि कार्ययोजनालाई अन्तिम रूप दिन बैठक बोलाइएको हो । संगठित सदस्यको सँख्या बढाउने योजनामा ्एमाले रहेको बताइएको छ ।




