पोखरा । गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ ।
असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् ।