काठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने एमाले श्रोतले जनाएको छ।