
काठमाडौ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान पढ्न सुझाव दिएका छन् ।
सांसद पन्तले संविधानले दिएको पद पनि तपाईंहरूनै राख्नुस् भन्दै दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै यस्तो सुझाव दिएका हुन् ।
“तपाईंले यो प्रतिपक्षी दलको नेता पनि तपाईंहरू नै राख्नुस् भन्नुभयो । संविधान त पढ्नुस् ” पन्तले अगाडि भने “तपाईंले दिएर पाउने हो प्रमुख प्रतिपक्षी दलको नेता प्रमुख प्रतिपक्षी दलको नेता बन्न मन लाग्दैन भने जनार्दनजी दिनुभए हुन्छ ।” आजको प्रतिनिधि सभाको बैठकमा साँसद पन्तले त्यस्तो कुरा गरेका हुने
उनले प्रधानमन्त्री पद गएको छटपटी किन देखाएको भन्दै प्रश्न गरे । उनले जता सत्ता उतै प्रचण्ड भन्ने तपाईंले नै स्थापित गरेको होइन भन्दै प्रश्न समेत गरे ।
आजको प्रतिनिधि सभाको बैठकमा साँसद पन्तले त्यस्तो कुरा गरेका हुन् ।






