काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले बुधबार शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि द्विपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको जनाइएको छ । भेटमा राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गरेका थिए।