
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित गरेका छन्।
मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार समय अपुग भएकाले मन्त्री गुप्ता अहिलेका लागि अमेरिका नजाने भएका हुन्।
‘भिसा लगायतका प्रक्रियाका लागि समय लाग्ने भयो। त्यसैले समय अपुग भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,’ उनले भने।
यसअघि मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको थियो।



