काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
शनिबार भएको छलफलमा सत्तासाझेदार दुई दलका शीर्ष नेताबीच केही जानकारी आदानप्रदान,राजनीतिक विमर्श भएको र सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएका छन् ।