काठमाडौ। नेकपा (माओवादी केन्द्र )को चालु बैठकमा पार्टी अध्यक्ष कमरेड प्रचण्डले नेतृत्व परिवर्तन नहुने संकेत गरेका छन् ।
मलाई नेतृत्वमा बसिरहने मन त होइन । अहिले नेतृत्वमाथि प्रश्न उठाउनुको औचित्य छैन । सरकारले राम्रै काम गरेर निस्किएको बेला नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा उचित हुँदैन । असफल भएर आएको एउटा कुरा हो । त्यस्तो बेलामा त नेतृत्वको सम्मान पो गर्ने हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
नेकपा (माओवादी केन्द्र)को साताव्यापी स्थायी कमिटी बैठकले पार्टी विभाजनको अवस्थामा नरहेको र नेतृत्व पनि अहिले परिवर्तन नहुने निष्कर्ष निकाल्दै बैठक समापन गरेको छ । बिहीबार सकिएको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
नेतृत्व हस्तान्तरण सहितको प्रस्ताव जनार्दन शर्माले बैठकमा प्रस्तुत गरेका थिए ।