
काठमाडौं । डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी र डा. सुन्दरसिंह बोहोरा अध्यक्ष रहेको नेपाल आवाज पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएका छन् ।
मंगलबार (पुस २८) राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष कमल थापालगायत नेताले उनीहरूलाई स्वागत गरे ।

