काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले कात्तिकमा नयाँ पार्टीको घोषणा गर्ने भएको छ ।
नयाँ पार्टी बनाउनका लागि राष्ट्रिय मुक्ति क्रान्तिले कार्ययोजना तयार गरिसकेको बताइएको छ ।
एउटा गोलमेच सम्मेलनको आयोजना गरिनेछ र सोही सम्मेलनबाट पार्टीको घोषणा हुन्छ ।
गोलमेच सम्मेलनमा विभिन्न राजनीतिक दल, संघसंस्था, पत्रकार, बुद्धिजीवी, वकिललगायत हरेक तह तप्काका व्यक्तिलाई सहभागी गराइने राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताए ।
आत्मरक्षा तथा सुदृढीकरण तथा विकासका लागि विभिन्न कार्यक्रम गरिने त्यसमा आत्मरक्षा सुरक्षदस्तासम्बन्धी कार्ययोजना निर्माण, युवा संगठन (वाईआईएलं) को कार्ययोजना निर्माण गर्ने, वाईआईएलको एकेडेमी सञ्चालन गर्ने, सांस्कृतिक प्रतिरोध कार्यक्रमको कार्ययोजना तयार गर्ने रहेको पनि बताइएको छ । राष्ट्रिय मुक्ति क्रान्तिले विभिन्न दलका नेता तथा कार्यकर्ता प्रवेश भएको पनि बताइएको छ ।