काठमाडौं ।श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै उपाध्यक्षमा मनोनित मित्र परियारलाई पदबाट निलम्बन गरेको छ।
पार्टी अध्यक्ष हर्क राज राईले जारी गरेको विज्ञप्तिमा गत मंसिर ५ गते बुटवलमा आयोजित आमसभामा परियारले पार्टीको आचारसंहिता विपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको तथा जिल्ला सह–संयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा अध्यक्ष राईले श्रम संस्कृति पार्टीमा नेता वा कार्यकर्ताको भेद नहुने र सबै सदस्य श्रमदाता भएको स्पष्ट पारेका छन्।