
काठमाडौं । मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । त्यस्तै आयोगको सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको गरेको छ । मन्त्री खरेलका अनुसार संवाद समितिको संयोजकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।





