काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार चुनाव नगराउने र स्वार्थ समूहको चंगुलमा फस्न थालेको आरोप लगाएका छन् ।
काठमाडौंमा आइतबार यस्तो आजपाले ‘संसद् पुन:स्थापनाको षड्यन्त्र रोक्न’ भन्दै काठमाडौंको गैरीगाउँमा आयोजना गरेको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले यस्तो आरोप लगाएका छन् ।