काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरु छानेको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नाम छानी टुंग्याएका हुन् ।
१६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।
एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने संख्यालाई समेत एकैपटक टुंग्याइएको हो ।